धनुषा जिल्ला प्रहरीबाटै गायब भए यी बालक, कहाँ गए होलान् ?

प्रकाशित समय 5:51:00 PM
गोविन्द महतो 
जनकपुर, ८ साउन । जिल्ला प्रहरी कार्यालय धनुषाको परिसर भित्रैबाट एक १२ वर्षिया बालक बेपत्ता भएका छन् । भारतको विहार राज्य दरभंगा गौसा निवाबी चन्देश्वर रामका छोरा १२ वर्षिय मोनुकुमार राम जिल्ला प्रहरी कार्यालय धनुषाको हाताभित्रैबाट
बेपत्ता भएका हुन् ।
बालक गत असार २७ गते दरभंगाकै एक गाडी सर्भिसिङ्कग सेन्टरबाट हराएका थिए । केहि दिन पश्चात हराएका बालक मोनुकुमारलाई धनुषाको सबैला नगरपालिकामा फेला परेका थिए । बालक मोनुकुमारलाई सबैला प्रहरीले जिल्ला प्रहरी कार्यालय धनुषालाई जिम्मा लगाएको थियो । प्रहरीले बालकलाई जिम्मा लगाउन बालकका बुबा चन्देश्वर रामलाई बोलाएपछि बालक पुनः जिल्ला प्रहरीकै कार्यालय परिसरबाट वेपत्ता भएका छन् ।
हराएको छोरा फेला परेकोमा खुसी भएर लिन आएका चन्देश्वर जिल्ला प्रहरी पुगेपछि पुनः छोरा हराएको दुखी भएका छन् । बालक मोनुकुमार दुई दिनसम्म जिल्ला प्रहरी कार्यायमै बसेका थिए । गत असार २९ गते प्रहरीको मेसमा खाना खाएर त्यहीबाटै गायब भएका छन् ।
धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यका अनुसार एक दिन मज्जाले जिल्ला प्रहरीमा बसेका ती बालक अर्को दिन पटक–पटक भाग्न गेट सम्म पुग्ने गरेका थिए । तर, प्रहरीले उनलाई गेटबाहिर जान दिएका थिएनन् । दोश्रो तीन ती हराएका बालक कसरी जिल्ला प्रहरीको हाताभित्रबाट भागे कसैलाई पत्तो समेत भएन । पछि दुःखि बाबु चन्देश्वर रामको उजूरीका आधारमा जिल्ला प्रहरीले पुनः बालक खोज्न थालेको आज १२ दिन भइसक्दा समेत हालसम्म फेला पार्न सकेको छैन । छोरा हराएको १२ दिनसम्म कुनै पत्तो नलागेपछि छोरो भेट्ने आश मरिसकेको चन्देश्वर रामले दुखेसो पोखे । तर पनि उनी जनकपुरको विभिन्न चोक, चौराहा गल्ली, गाउँ घरमा भौतारिरहेका छन् । छोरालाई कसैले भेटेको खण्डमाप्रहरीको वा आफ्नो जिम्मा लगाईदिन उनले आग्रह गरे ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »