गत असार १६ गते सीमावर्ती भारतीय बजारबाट सर्लाहीको नाका हुँदै बागमती नदीको बगरै बगर राँगा र भैँसी छिरेको र तस्करीको राँगा र भैँसीलाई तस्करहरुसित मिलेर रौतहट पु¥याउन असई कुर्मीले सहयोग गरेको अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । असई कुर्मीले प्रयोग गर्ने गरेको मोबाइलको कल डिटेलको आधारमा तस्करी गराएको, तस्करसित मिलेको तथा पटकपटक कुराकानी गरेको देखिएको जिप्रकाको भनाइ छ । तस्करसित साँठगाँठ देखिएको आधारमा निलम्बन गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपि यज्ञविनोद पोखरेलले बताए ।
