महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार गएराति पार्किङ गरी राखेको बा १ क ९११५ नम्बरको स्कुल बसभित्र मध्यपुर थिमी नपा ४ का ३० वर्षीय बुद्धकृष्ण नापित झुण्डी मृत अवस्थामा फेला परेका हुन् । मादक पदार्थ सेवन गरेका उनी बसको सीट माथिको डण्डीमा सुरुवालको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।
उनका अनुसार मृतक बुद्धकृष्णलाई उनका भाइ मनिषले बसभित्र झुण्डी मृत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेको थियो । खबर पाएपछि घटनास्थल पुगेको महानगरीय प्रहरी वृत्त ठिमीको प्रहरी टोलीले घटनाको प्रारम्भिक अनुसन्धान गरेको थियो । प्रारम्भिक अनुसन्धानमा मादक पदार्थ सेवनकै कारण उनले आत्महत्याको बाटो रोजेको देखिएको प्रहरी नायब उपरीक्षक प्रसाईंले बताए ।
’घटना कुनै शंकास्पद देखिँदैन’, उनले भने, ’मादकपदार्थ सेवनकै कारण आत्महत्या गरेको देखिन्छ ।’ ठिमी वृत्तका अनुसार घटनाको थप अनुसन्धान जारी छ । लास पोष्टमार्टमको लागि काठमाडौं महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको वृत्तले जनाएको छ ।
