जनकपुरका सडकको विडम्बना : सुख्खामा धुलाम्य वर्षामा हिलाम्य

प्रकाशित समय 6:53:00 PM
गोविन्द महतो
जनकपुर, ३१ असार । सामान्य पानी पर्दा समेत जनकपुरका अधिकांस सडकहरु हिलाम्य भएको छ । सोमवार विहान देखि मात्र जनकपुर सहित यस क्षेत्रमा परेको झरीका कारण जनकपुरका अधिकांस सडकहरु हिड्नै नसक्ने गरी हिलाम्य बन्न पुगेको हो । एशियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित एकिकृत सहरी विकास आयोजना अन्तर्गत सडक, नाला तथा सौन्दर्यीकरणको काम अन्तर्गत भईरहेको सडक निर्माणको क्रममा जथाभावी रुपमा सडक खनेर छाडिदा सामान्य वर्षामा पनि सडकहरु हिलाम्य हुन पुगेको छ ।
जथाभावी रुपमा माटो निकाल्दा नालाहरु जाम भई मूल सडकमा पानी लागेको छ भने, स्कुले बालबालिका देखि दुई पाङग्रे र चार पाङग्रे गाडीहरुलाई समेत आवत जावतमा निक्कै समस्या भईरहेको छ । वर्षातको मौसम भन्दा पहिला नै यसप्रकारको अवस्था आएपछि यस क्षेत्रका सर्वसाधारणहरु घरबाट निस्कन समेत कठिनाई भै रहेको जनकपुर ९ का सुरेन्द्र कुमार यादवको भनाई छ । विकासको वजेटलाई वाँडीचुडी खाने प्रवृतिका कारण सामान्य वर्षामा समेत जनकपुरको सडकहरुको अवस्था दुरावस्थामा परिणत हुने गरेको यादवको भनाई छ । नालाको पानी सडकमै ल्याइनु, अवैज्ञानिक ढंगले घर निर्माण हुनु, समयमा सडक मरम्मत नहुनु जस्ता समस्याले सानो पानी पर्दा समेत नगरको अवस्था हिलाम्य हुनुको प्रमुख कारक रहेको अर्को विद्यार्थी नेता सरोज साहको भनाई छ ।
धार्मिक एवं साँस्कृतिक सम्पदाले परिपूर्ण नेपालको प्रमुख शहर मध्येका जनकपुरधाम एक रहे पनि समुचित विकासबाट पछाडि परेकोले यस्तो दुरावस्था आएको र सोही कारण पर्यटन प्रबद्र्धनको क्षेत्रमा समेत निकै असर गरिरहेको पर्यटन व्यवसायी तथा मिथिला वाईल्डलाईफ ट्रष्टका अध्यक्ष देवनारायण मण्डलको बुझाई छ । प्राय ः वर्षातको मौसममा प्रत्येक वर्ष जनकपुर सडकहरु हिलो तथा खाल्डाखुल्डीले अस्तव्यस्त रहने गरेको छ । यता सुख्खा याममा जनकपुरको सडकहरुमा धुलोले धुलाम्य हुने गरेकोमा वर्षातको मौसममा हिलाम्य हुने गरेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »