बाढीले कटान गरेको स्थानमा यस वर्ष जनकपुरस्थित जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयले स्थानीय उपभोक्ता समितिमार्फत बाँध पुनःनिर्माण गर्नुका साथै बाढी नियन्त्रणका लागि जियो ब्याग स्टर्डका तथा नौ मिटर लम्बाइ र तीन मिटर उचाइको पाँच वटा स्परसमेत निर्माण गरेको छ ।
बाँध पुनःनिर्माण भएसँगै बाढीको उच्च जोखिममा रहेको सयौँ बिगाहा खेतीयोग्य जग्गासमेत सुरक्षित भएको स्थानीयले बताएका छन् । बाढीले कटान गरेको स्थानमा बाँध पुनःनिर्माण नहुँदा आफूहरुमा डर त्रासको स्थिति थियो, कर्जन्हा गाउँपालिका राजकुमार श्रेष्ठले भने, ‘बाँधको पुनःनिर्माणसँगै अब बस्ती र खेतीयोग्य जग्गा समेत सुरक्षित भएको छ ।’
कुल रु ८४ लाख ४८ हजारको बजेटमध्ये रु ७६ लाखको लागतमा बाँध र स्पर निर्माण गरिएको इन्जिनियर पुरुषोत्तम साहले जानकारी दिए । उनले पहिलाको भन्दा यसपालिको तटबन्ध र स्पर निर्माण सामग्री गुणस्तरीय रहेको बताए ।
