महिला उद्धार सेवाकेन्द्र गोलबजारसँगको साझेदारीमा संचालित योजनाको अनुगमन

प्रकाशित समय 6:54:00 PM

सिरहा, २९ असार । महिला उद्धार सेवा केन्द्रसँगको साझेदारीमा गोलबजार नगरपालिकाका विभिन्न वडाहरुमा संचालित योजनाहरुको अनुगमन निरीक्षण गरिएको छ ।
महिला उद्धार सेवा केन्द्रका अध्यक्षको संयोजकत्वमा रिता दाहाल, उपाध्यक्ष, सदस्य तथा पत्रकार लगायतका प्रतिनिधिहरु गोलबजार नगरपालिका क्षेत्रभित्र संचालित कार्यक्रमको अनुगमन गरेको हो । अनुगमनका क्रममा देउराली सामुदायिक संस्थाका सदस्यहरुले आफ्नो प्रगतिबारे यसरी सुनाइन्ः सानो तिनो गर्जो पर्दापनि ऋण खोज्नुपर्ने सिरहाको मुक्सार १ महिलाहरु अहिले आफै ऋण लगाउन सक्ने भएका छन् । गरिवि निवारण कोषको सहयोगमा महिला उद्धार सेवा केन्द्र गोलबजारसँगको साझेदारीमा देउराली सामुदायीक संस्था स्थापना गरी बचत  तथा ऋण सुरु गरेपछि यहाँको महिलाहरुमा यस्तो परिवर्तन आएको हो ।
सामुदायीक संस्थाबाट सस्तोमा व्याज लिएर विभिन्न आयआर्जनको काम गरेपछि अहिले हामीलाई निकै सहज भएको संस्थाका सदस्य अम्वरमाया गुरुले सुनाए । उनले भने, ‘‘मैले छोरीलाई पढाउन मासिक सयकडा ५ प्रतिशत व्यजमा पैसा लिएर पढाएँ, अहिले त्यो समए फेरिएको छ । आज हामीसँगै पैसा छ, चाहिएकोवेला सस्तो व्याजमा चलाई रहेका छौं ।’
कोषमा रहेको रकम व्यवसायीक बाख्रा, गाई, भैसी, बंगुर पालनमा लगानी भएको संस्थाका सदस्य पान कुमारी ख्डकी बताइन । व्यसायको आम्दानीले  घर चलाउने, छोराछोरी पढाउने काममा विशेष लगानी भएकोे जानकारी दिए । प्रायः सवै एउटै समुदायको र साना किसानहरुभएकाले पशुपालन र खेतिपातीमा नै बढी लगानी गर्ने गरेको छ । हामी सवै एउटै मगर समुदायको भएकोले पनि काम गर्नु सजिलो भएकोहुन सक्ने ख्डकीेको अनुमान रहेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »