ट्याक्टर बगाउँदा चालक वेपत्ता

प्रकाशित समय 6:07:00 PM
काठमाडौं, १७ असार । पुतलीबजार नगरपालिका १ स्थित बाडखोलाले शुक्रबार राति साढे १२  बजे ट्याक्टर बगाउँदा चालक ठागु चौधरी बेपत्ता भएका छन् । ग १ ख ३३३९ नम्बरको ट्याक्टरका चालक शुक्रबार दिनभर धान रोपाई गरेर राती आफने घर फर्किदै थिए । ट्याक्टर कल्बोटमा ठोक्किएर खोलामा परेको थियो । त्यही बेला बाढी आएको खोलाले ट्याक्टर बगाएको प्रहरीले जनाएको छ ।  डिएसपी विरबहादुर पुलामीका अनुसार शनिबार विहान देखि नै चौधरीको खोजी जारी छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »