जनकपुरमा संचालित एडीबी आयोजनाको छानविन हुने

प्रकाशित समय 10:16:00 AM
काठमाडौं, १५ साउन । जनकपुरधममा संचालित एशियाली विकास बैंक (एडीवी)को सहरी विकास आयोजनामा भ्रष्टाचार भएको भन्दैको छानविन हुने भएको छ । विकास आयोजनाको निर्माण कार्यमा अनियमितता भएको भन्दै १५ दिनभित्रमा आवश्यक छानबिन गर्न सरोकारवला निकायहरुलाई संसदको विकास समितिले निर्देशन दिएको छ ।
सिंहदरबारस्थित आइतबार सभापति रविन्द्र अधिकारीको अध्यक्षतामा बसेको समितिको बैठकले व्यापक छलफलपछि आयोजनाको छानविन गर्न निर्देशन दिएको हो । जनकपुरमा सञ्चालित आयोजनामा अनियमितता भएको भन्दै सांसदहरुले चासो व्यक्त गरेका थिए । सांसद दिनेश साहले अनियमितता बारे छलफल गर्न दबाब दिएपछि विकास समितिले छानविन गर्न निर्देशन दिएको हो ।
सभापति अधिकारीले पछिल्लो समय उक्त आयोजनाको व्यापक गुनासो आएकोले सरोकारवाला निकायहरुलाई निश्चित समय तोकि छानविन गर्न निर्देशन दिएको बताए । ‘जनस्तरमा आयोजनाप्रति गुनासा बढ्दै गएको छ । पूर्वाधार विकास सुस्त रहेको, आयोजनाका कार्य प्ररम्भिक रुपमा गुणस्तरहीन र लापर्बाही देखिएको छ’, अधिकारीले बताए ।
समितिले सहरी विकास मन्त्रालयलाई नै राष्ट्रिय योजनाका प्रतिनिधि राखेर, विज्ञहरु राखेर छानविन गर्न निर्देशन दिइएको अधिकारीले बताए । छानविन पछि आउने प्रतिवेदन अनुसार आन्तरिक हिसाबबाट कमिकमजोरी के छन् पत्ता लाउने, त्यसलाई सच्याउने र आवश्यक परे कारवाहीको प्रक्रियासमेत अघि बढाउने निर्देशन समितिले दिएको हो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »