सवारी साधन दत्र्ताबाट २६ करोड राजश्व

प्रकाशित समय 7:38:00 PM
गोलबजार, ३२ साउन । सगरमाथ अञ्चल यातायात व्यवस्था कार्यालय सिरहाले आर्थिक वर्ष २०७३÷७४ मा १३ हजार नयाँ सवारी साधन दत्र्ता गरेको छ । सबैभन्दा बढी मोटरसाइकल १० हजार ७८७ वटा, ट््याक्टर एक हजार १८, सिटी रिक्सा ९०८, जिप÷पिकप भ्यान २१६, बस ३१ तथा एम्बुलेन्स २७ वटा दर्ता भएको कार्यालय प्रमुख ओमकारप्रसाद न्यौपानेले जानकारी दिए ।
नयाँ सवारी साधन दत्र्ता, नवीकरणर सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट कार्यालयले रु २६ करोड २४ लाख ४४ हजार राजश्व  संकलन गरेको छ । आव २०७२÷७३ मा सो कार्यालयमा १३ हजार ७४० सवारी साधन दर्ता भई रु १५ करोड २६ लाख २१ हजार राजश्व  संकलन भएको थियो ।
आ.व. २०७३÷७४ मा कार्यालयले ५१६ जनालाई सवारी चालक अनुमतिपत्र वितरण गरेको थियो । सगरमाथा अञ्चल कार्यालयले सिरहासँगै सप्तरी, उदयपुर, ओखलढुङ्का, खोटाङ र सोलुाखुम्बु जिल्लाका सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »