सञ्चार क्षेत्रलाई सरकारले अनावश्यक रुपमा नियन्त्रण गर्दैन : प्रधानमन्त्री देउवा

प्रकाशित समय 5:56:00 PM
काठमाडौं, ४ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चार क्षेत्रलाई सरकारले अनावश्यक रुपमा नियन्त्रण नगर्ने बताएको छ । नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनलाई राजधानीमा आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सरकारले सञ्चारलाई नियन्त्रण गर्नेभन्दा पनि सहयोगीको भूमिका निर्वाह गर्ने बताएको हो ।
लोकतन्त्र र गणतन्त्र स्थापना र संविधान कार्यान्यवनमा सञ्चारकर्मीको योगदान उल्लेख्य रहेको भन्दै उनले सञ्चार जगत र राजनीतिक दल एक साथ हिँड्न जरुरी रहेको उल्लेख गरे ।
सञ्चारजगत मुलुकको शक्ति केन्द्रको रुपमा विकशित भइरहेकोले यो क्षेत्रलाई स्वतन्त्र र मर्यादित बनाउन आवश्यक रहेको उनको भनाई थियो ।
श्रमजीवि पत्रकारको आवश्यकता र समस्यासंग आफू पनि परिचित रहेको भन्दै पत्रकारले पाउनुपर्ने हकहित र सुविधाको लागि सरकार सदैव सकारात्मक रहेको उनले बताए । सञ्चारमाध्यमले संविधान कार्यान्वयन तथा लोकतन्त्रका लागि सुझाव, चेतावनी र आलोचना मार्फत पनि राजनीतिक दललाई खबरदारी एवं सहयोग गर्न सक्ने प्रधानमन्त्री देउवाको भनाई थियो ।
यसैविच व्यवसायिक पत्रकारिताको आधार– प्रेस स्वतन्त्रता र श्रम अधिकार भन्ने नारा सहित आइतार बाट सुरु महाधिवेशनले महासंघको आगामी तिन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ । देशभरका १५ सय प्रतिनिधि सहभागी महाधिवेशनले अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, ६ जना सचिव र कोषाध्यक्ष सहित ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।
नयाँ नेतृत्व चयनका लागि आज साढे ३ बजेसम्म मनोनयन दर्ता गरिने समयतालिका रहेको छ । महासंघको बन्द सत्र आइतबारै सुरु हुने र सोमबार बिहानैदेखि निर्वाचनका अन्य कार्यक्रम सुरु हुने महासंघका अध्यक्ष महेन्द्र वष्टले जानकारी दिए ।
संघीय संरचनामा जाने महासंघले उपत्यका, प्रतिष्ठान र एशोसोसिएट गरी नयाँ नेतृत्व चयन गर्नेछ । अहिलेसम्म महासंघको अध्ययमा तीर्थ कोइराला, गोविन्द आचार्य, उजिर मगर, इन्द्र बहादुर राउत र भावना बिद्रोहीले अध्यक्ष पदमा उम्मेदवारी दिएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »