२६ जिल्लामा बाटी पहिरोबाट करिब ७० को मृत्यु, ५० बेपत्ता ३४ हजार घर डुबानमा

प्रकाशित समय 9:10:00 PM
काठमाडौं, ३० साउन । देशभरका २६ जिल्ला बाढीपहिरोको चपेटामा परेका छन् । बाढीपहिरोबाट मृत्यु भएकाको संख्या ७० पुगेको छ





भने ५० जना बेपत्ता छन् ।
गृहमन्त्री जनार्दन शर्माले मन्त्रिपरिषद्को आइतबारको आकस्मिक बैठकमा क्षतिको आँकडा प्रस्तुत गरेका थिए । त्यसलगत्तै सरकारले बाढीपहिरोबाट मृत्यु भएका व्यक्तिका परिवारलाई दुईरदुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बताए । गृह मन्त्रालयका अनुसार बाढी र पहिरोका कारण ३४ हजार घर डुबानमा परेका छन् । करिब ४ सय घर क्षतिग्रस्त छन् ।
सरकारले उद्धार, पुनस्स्थापना तथा खाद्यान्नलगायत राहत वितरणका लागि सोमबार बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका सबै हेलिकप्टर भाडामा लिएर परिचालन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बिहानै बाढीपहिरोग्रस्त क्षेत्रको भ्रमण गर्नेछन् ।

मन्त्री बस्नेतका अनुसार प्रधानमन्त्रीको भ्रमणपछि थप राहत प्याकेजको घोषणा हुनेछ । घाइतेको तत्काल निस्शुल्क उपचार गर्ने निर्णय पनि भएको छ । राजधानीलगायत नजिकका सहरबाट खाद्यान्न किनेर वितरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ । बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रीको एकरएक महिनाको तलब–सुविधा पीडितलाई प्रदान गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »