आत्मरक्षाको हिम्मत बटुल्दै सिरहाका किशोरी

प्रकाशित समय 6:03:00 PM
सिरहा, १५ भदौ । सिरहाको रामपुर पिप्राकी रेणुका साहहलाई अहिले कतै एक्लै हिड्नु परे डर लाग्दैन । पहिला पहिला शंकोच लाग्थ्यो । डराउँथिन् पनि । अहिले भने ‘आई लागे भने जाई लाग्ने हिम्मत छ’ भनिन ।
यो हिम्मत उनमा त्यतिकै आएको होइन । मानव अधिकार संचार प्रतिष्ठान (इह्रिकन) र जुरीले बालिका र किशोरी माथि हुने हिंसाको प्रतिकार गर्ने क्षमता विकासका लागि गरेको कराँते तालिममा प्रदान सहभागी भएपछि रेणुका साह आफूमा विश्वास गर्न सक्ने भएको हो । सीतापुर प्रधकी सरस्वती पनि कराँते तालिम पाएपछि उत्साहित हुन् । उनलाई जस्तो सुकै परिस्थिति आई लागे पनि प्रतिकार गर्न सक्छु भन्ने हिम्मत बढेको छ । सरस्वती र रेणुका मात्र होईन सिरहाको सीतापुर र रामपुर पिप्राका २८ जना किशोरीहरु आत्मरक्षा तालिम लिईरहेका छन् । उनीहरुले आफुमाथि हुने जुनसुकै हिंसाको पनि प्रतिकार गर्न सक्छु भन्ने विश्वास बढेको बताए ।
महिला तथा किशोरीमाथि हुने हिंसाको प्रतिकार गर्न सक्षम बनाउने उद्देश्यले किशोरीहरुलाई इह्रिकन र जुरी र नेपालले कराँते खेलको तीन महिने तालिम प्रदान गरेको छ । सितापुरका १४ जना र रामपुर पिप्राका १४ जना गरी २८ जना किशोरी आत्मरक्षा तालिममा सहभागी भएका इह्रिकन सिरहाकी संयोजक गंगा अधिकारीले जानकारी दिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »