मधेश आन्दोलन सहिद परिवार संघर्ष समिति गठन

प्रकाशित समय 6:43:00 PM
काठमाडौं, २७ साउन । तेस्रो मधेश आन्दोलनमा नेपाल सरकारद्वारा हत्या गरिएका परिवारहरु सम्मिलित २४ सदस्यीय ‘मधेश आन्दोलन सहिद परिवार संघर्ष समिति गठन भएको छ ।
बीरगंजमा तराई मावन अधिकार रक्षक संजालले आयोजना गरेको कार्यक्रममा सहभागी सहिद परिवारहरुले उक्त समिति गठन गरेको हो । समितिले शुक्रबार जारी गरेको घोषणा पत्रमा किटानी जाहेरी परेका दोषीहरुलाई कानुनी कारवाहीको मागसमेत गरेको छ ।
दश बुदे घोषणा पत्रमा सहिद परिवारको शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न माग गरिएको छ । मधेश आन्दोलनमा हत्या भएका परिवारहरुको उजुरी लिन प्रहरीले आनाकानी गरिरहेकोले उजुरी सहज ढंगले लिन माग गरिएको छ ।
पूर्व न्यायाधीश गिरिश चन्द्र लाल नेतृत्वको छानविन आयोगको प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारवाही गर्न घोषणा पत्रमा माग गरिएको छ । सहिद परिवारलाई सरकारद्वारा दिइएको दश लाख रुपैंया खर्चमाथि लगाइएको प्रतिद्धन्ध हटाउन पनि माग गरिएको छ ।
स्थानीय तहमा कर्मचारी नियुक्ती गर्दा सहिद परिवारलाई प्राथमिकतामा राख्न माग गरिएको छ भने स्थानीय निकायबाट सहिद परिवारका असहायहरुका लागि बजेट छुट्याउन माग गरिएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »