तराईका बाढीपीडितलाई एक महिनाको तलब दिने राजपाका सांसदको निर्णय

प्रकाशित समय 7:09:00 PM
काठमाडौं, ३० साउन । राष्ट्रिय जनता पार्टी नेपालका सांसदले शुक्रबारदेखिको अविरल वर्षाले तराईसहित देशभरका बाढी, पहिरो र डुबान पीडितलाई एक महिनाको तलब दिने भएका छन् ।
सोमबार बसेको अध्यक्ष मण्डल र संसदीय दलको बैठकले पार्टीका सांसदको एक महिनाको तलब दिने निर्णय गरेको संयोजक महन्थ ठाकुरले जानकारी दिए । साथै अध्यक्ष मण्डलका नेतासहित पुरै पार्टी पंक्तिलाई नगद जिन्सी सामग्रीसहित प्रभावित क्षेत्रमा खटाउने निर्णय गरेको छ ।
राजपाले मृतकका परिवारलाई राहत, घरबार विहिनलाई क्षतिपूर्ति, बाढी पहिरोले गम्भीर रुपमा प्रभावित स्थानहरुलाई बाढीग्रस्त क्षेत्र घोषणा गरी आपतकालिन विपद व्यवस्थापन गर्न सरकारसँग माग समेत गरेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »