मंसिर दोस्रो साता भित्र संघ र प्रदेश निर्वाचन गर्न प्रमुख तीन दल सहमत

प्रकाशित समय 7:38:00 PM
काठमाडौं, ३२ साउन । प्रमुख तीन दलले आगामी मंसिरको दोस्रो साता भित्र प्रदेश र केन्द्रीय संसदको निर्वाचन सम्पन्न गर्ने सहमति गरेका छन् । माघ ७ गते भित्र संविधानको पूर्ण कार्यान्वयनको आधार तयार गर्ने गरी संघ र प्रदेश निर्वाचन गर्न दलहरु सहमत भएका हुन् ।
राजधानीको वालुवाटारस्थित प्रधानमन्त्री निवासमा साँझ बसेको प्रमुख तीन दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रको बैठकले त्यसका लागि आवश्यक कानुन निर्माणका लागि एक भएर काम गर्ने प्रतिबद्धता जनाएका हुन् । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङ्ले दुवै निर्वाचन एकै पटक गर्ने लगायत बिषयमा प्रमुख निर्वाचन आयुक्त सहित आयोग पदाधिकारीसँग छलफल गर्ने जानकारी दिए ।
प्रमुख दलले भोली साँझ निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरी संघ र प्रदेश निर्वाचनको मिति टुंगो लगाउने भएका छन् । दलहरुबीच ढिलोमा आगामी सोमवारभित्र संविधान संशोधन विधेयकलाई टुङ्को लगाउने सहमति समेत जुटेको छ । संशोधन विधेयक राष्ट्रघाती भएको आरोप लगाउदै आएको एमाले, सो प्रति सकारात्मक नभएपनि ढिलोमा भदौं ५ गतेभित्र विधेयक टुंगो लगाउन सहमत भएको हो । उपनेता नेम्बाङले घुमाउरो शैलीमा विधेयकमा समर्थन गर्न नसकिने बताउनुभयो । नेम्बाङ्ले भने, ‘विधेयक टुंगोमा पु¥याउने भनेको कि पास हुन्छ कि फेल हुन्छ ।’

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »