सिरहा र धनुषाका खोला तथा नदीबाट ढुंगा, गिट्टी र बालुवा चोरी निकासी तीब्र

प्रकाशित समय 5:57:00 PM
गोलबजार, १८ साउन । सरकारले वर्षातको समय (असार, साउन र भदौ )महिनामा देशका कुनैपनि नदी वा खोलाबाट ढुंगा, गिट्टि र बालुवालगायतका नदीजन्य पदार्थ निकाल्न रोक लगाएपनि सरकारी नियमको खिल्ली उडाउदै सिरहा र धनुषामा धमाधम निकाललिएको छ ।
नदीजन्य पदार्थको दोहन जारी र
हेपनि सरोकारवाला निकाय भने मौन बसेको पाइएको छ । सिरहामा प्रहरी प्रशासनकै मिलेमत्तोमा स्थानीय गागनखोलाबाट  रातिराति ढुंगा, गिट्ट र बालुवा निकासी हुने गरेको सिराहा–गोलबजार–३, टुड्कियाका एक स्थानीयले बताए । आफ्नो नाम प्रकाशित भए आफुलाई बाच्न नै नदिने भन्दै उनले भने ‘तस्करहरुले स्थानीय प्रहरी प्रशासनलाई मासिक २० हजार बुझाएर ढुंगा, गिट्टि र बालुवा ओसार्ने काम भइरहेको छ ।’
कमला नदी, घुर्मिखोला, गागनखोला, मैनाबत्ति लगायतबाट ढुंगा, गिट्ट, बालुवा चोरी निकासी हुनेगरेको छ । त्यसैगरी, घुर्मिखोलाबाट पनि गोलबजार नपा–१० र मिर्चैया नगरपालिकाको रमपुराको बाटो हुँदै अवैध रुपमा ढुंगा, गिट्टि, बालुवा चोरी निकासी हुनेगरेको स्थानीयहरुले बताएका छन् । स्थानीयका अनुसार कम्तिमा दैनिक १५ वटासम्म ट्याक्टरले ढुंगा, गिट्टि र बालुवा चोरी निकासी हुने गरेको छ ।
अरु समय प्रति ट्याक्टर एक हजार देखि एक हजार पाँच सय सम्म विक्रि हुने बालुवा अहिले चार हजारको दरले विक्ने गरेको ट्याक्टर संचालक  ललित महतोले जानकारी दिए । तर, उनले आफुहरुले पहिला नै खोलाबाट निकालेर थुपारेको वालुवा वेचिरहेको दावी समेत गरे ।
यता इलाका प्रहरी कार्यालय गोलबजारले आफ्नो क्षेत्रबाट त्यस्तो अवैध कुनै काम भएको आफूहरुलाई जानकारी नआएको बताएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विश्वमणि पोखरेलले आफूहरुलाई त्यसबारे कुनै जानकारी नआएको जवाफ दिए । पोखरेलले भने ‘हामीले ढुंगा, गिट्टि, र बालुवा ओसारेको देखेको छैन र कुनै सुचना पनि पाएका छैनौं, भेटिएको खण्डमा आवश्यक कार्वाही गछौं ।’
त्यसैगरी धनुषाको चारनाथ, कमला, वडहरी, वेलाचापी लगायतका नदीबाट पनि नदीजन्य पदार्थ प्रहरीकै मिलेमत्तोमा चोरी निकासी हुने गरेको स्थानीयले बताएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »