सिरहामा ८४२ घरेलु तथा साना उद्योग दर्ता

प्रकाशित समय 5:19:00 PM
गोलबजार, २१ साउन । सिरहामा गत आर्थिक वर्षमा ८४२ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय सिरहाकाअनुसार आर्थिक वर्ष ०७३÷७४ मा उत्पादनमूलक उद्योग २७४, सेवामूलक उद्योग ४०७ र कृषि तथा वनजन्य उद्योग १६१ गरी कुल ८४२ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।
आर्थिक वर्ष ०७२÷७३ को तुलनामा यो संख्या दोब्बर भन्दा बढी हो । आर्थिक वर्ष ०७२÷७३ मा जिल्लामा ३६१ वटा नयाँ उद्योग दर्ता भएको थियो । योसँगै सिरहामा उत्पादन उद्योग एक हजार ७८, कृषि तथा वनजन्य उद्योग ५०० र सेवा उद्योग दुई हजार ३६३ गरी घरेलु तथा साना उद्योगको संख्या तीन हजार ९८९ पुगेको घरेलु तथा साना उद्योग कार्यालय सिरहाका प्रमुख राजेन्द्रकुमारलाल कर्णले जानकारी दिए ।
बैंँक तथा वित्तीय संस्थाले घरेलु तथा साना उद्योगमा सहज रुपले ऋण लगानी गर्न थालेकाले सिरहामा घरेलु तथा साना उद्योग दर्ता गराउने क्रममा बृद्धि भएको पनि प्रमुख कर्णले बताए ।
यस्तै आव ०७३÷७४ मा ५२६ वटा उद्योगको नवीकरण, २१ वटा उद्योगको नामसारी गरिएको छ भने सो अवधिमा नयाँ उद्योग दर्ताबाट रु ४१ लाख ७१ हजार ३१० राजश्व संकलन भएको घरेलु तथा साना उद्योग कार्यालय लहानले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »