शिक्षकहरुका लागि तीन दिने परामर्श तालिम

प्रकाशित समय 5:31:00 PM
रोहित कुमार मण्डल
सप्तरी, ११ भदौ  । “बाल केन्द्रित शिक्षण आजको आवश्यतmा” मुल नाराका साथ सिरहाको लहान  स्थित रहेको श्रीराम गेष्ट हाउसमा सप्तरीको कुशहा श्रोत केन्द्रका सामुदायिक बिद्यालयका शिक्षक शिक्षिकाहरुका लागि मनोसमाजिक परामर्श सम्बन्धि तिन दिने तालिम आइतबार सम्पन्न भएको छ ।
शुक्रबारदेखि सुरु भएको सो तिन दिने  मनोसमाजिक परामर्श तालिमको सहजिकरण भिम बहादुर सिनाल तथा निर बहादुर आलेले संयुतm रुपमा गरेका थिए । स्पोन्सरशिप कार्यक्रम अन्तर्गत सबल नेपालको आयोजना र सेभ द चिल्ड्रेनको सहयोग र जिल्ला शिक्षा कार्यालय राजबिराज सप्तरीको समन्वयमा सुरु भएको उतm तिन दिने तालिममा सप्तरी जिल्लाका २९ वटा बिद्यालयका २६ जना शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको आयोजक संस्थाका सामुदायिक परिचालक राधेश्याम रामले जानकारी दिए ।
सामुदायिक बिद्यालयहरुका शिक्षक शिक्षिकाहरुका लागि कक्षा कोठामा बाल मनोवैज्ञानिक तरिकाले शिक्षण सिकाइ गरिनु पर्ने तथा शिक्षण क्रियाकलापमा सुधार तथा विधार्थीहरुको सिकाई उपल्बधिमा बृद्धिका ल्याउने तालिमको प्रमुख उदेश्य रहेको तालिमको सहजकर्ता तथा आयोजक संस्थाका फिल्ड अधिकृत निर बहादुर आलेले जानकारी दिए । हाल सप्तरीको शैक्षिक उपलब्धी ४२ दशमदव २५ प्रतिशत रहेको उनले बताए । तालिमले शैक्षिक उल्बधिमा हदसम्म केहि टेवा पुग्ने उनले धारणा व्यतm गरे । तालिम लिईसकेपछि सिकेको ज्ञान सिपलाई व्यवहारमा उतारे मात्र तालिम लिइएको सकार हुने अधारभुत बिधालय हर्दिया ५ का शिक्षक कृष्ण तिमिल्सिनाले समापन समारोहमा धारणा राखेका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »