जनकपुरमा १२ वर्षे बालिकाको आधा घण्टामै यसरी भयो हत्या, शव बाकसमा लुकायो

प्रकाशित समय 8:06:00 PM
जनकपुर, ३१ साउन । जनकपुरमा एक बालिकाको बलात्कार गरि हत्या भएको छ । जनकपुर उपमहानगरपालिका १ मुसहर वस्तीका कृष्णदेव साहका १२ वर्षका छोरी विविका कुमारी साहको बलात्कार पश्चात हत्या भएको हो ।
मंगलबार अपराहन्न ४ बजे घरमा कोहि नभएको मौकाछोपी भाडामा बस्दै आएका धनुषा बेलाका ४० वर्षीय रामचन्द्र महतो नुनियाले बलात्कार गरी हत्या गरेको परिवारजनले बताएका छन् । आरोपी रामचन्द्र विगत तीन वर्षदेखि श्रीमती पवितादेवीसंगै भाडामा बस्दै आएका छन् । घटना लगतै श्रीमान श्रीमती दुवै जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आधा घण्टामै यसरी भयो घटना 
मृतक विविकाकी बुवा कृष्णदेव साहको गएको फागुन ३ गते हृदयघातको कारण मृत्यु भएको थियो । घरमा विविकाकी आमा विमला देवी साह र ९ वर्षकी बहिनी पुष्पा र दुई वर्षका एक भाई छन् । दिउँसो ४ बजे विविकाकी आमा कान्छो भाईलाई लिएर भाडामा बस्ने रामचन्द्रकी श्रीमती पवितासंगै केहि किनमेल गर्न बजार निस्किएको थियो । 
बहिनी पुष्पालाई भाडादार रामचन्द्रले केहि किन्नको लागि पसल पठाएका थिए । र त्यस्कै मौका छोपी रामचन्द्रले बालिका विविकालाई एकलैदेखेको मौका छोपी घरको मुलढोका बन्द गरेर बलात्कार गरी हत्या गरेको बहिनी पुष्पाले बताइन् । बहिनी पुष्पाका अनुसार आफु पसलबाट फर्के लगतै घरको मुल ढोकामा आउँदा दिदीलाई चिच्याएको र घाँटी थिचेको आवाज निस्केको थियो ।
ढोका ढकढकाए खोल्न भनि चिच्याए तर ढोका खोलेन । घाँटीथिचेको आवाज बन्द भयो । त्यसपछि बहिनी पुष्पा जोडजोडले चिच्याउँदा छिमेकहरु जम्मा भए । त्यतिबेलासम्म आमा विमला पनि आई पुगे । रामचन्द्रले ढोका खोले । सबैले विविकालाई घरमा खोजे तर उ कतै थिइन । सबैले खोज्दै जाँदा भाडामा बस्ने रामचन्द्रको ओछ्यान छेउमा राखेको जस्ताको बाकसमा सबैको ध्यान गयो । 
त्यो खोल्न थालेपछि रामचन्द्रले खोल्न दिएनन् । जवरजस्ती खोलेपछि त्यसमा सिरकमा बेरेर विविकाको शव लुकाएका थिए । लगतै स्थानीयहरुले प्रहरी बोलाएर रामचन्द्र र उनकी श्रीमती पवितालाई प्रहरीले पक्राउ गरेको छिमेक यमुना खातुनले बताए । छोरीको बलात्कार पश्चात हत्याभएपछि आमा विमला अचेत भइन् ।  
प्रहरीले रामचन्द्रले बलात्कार पश्चात घाँटी थिचेर हत्या गरेको हुन सक्ने आशंका गरेको छ । 

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »