विषादीयुक्त पानी मिसाउँदा धानवालीमा क्षति

प्रकाशित समय 6:17:00 PM
रौतहट, २५ साउन  । रौतहटमा जारी रहेको किसानहरुको आन्दोलन प्रति राजदेवी एफ एम् का अध्यक्ष एवं समाजसेवी शम्भू साहले समर्थन जनाउँदै पीडित हरुको मांग पूरा गराउनलाइ आफनो तरफवाट आवश्यक पहल गर्ने प्रतिवद्धता जनाएको छन ।
बर्षाको साथै आएको वाढीमा ज्योति डिस्टिलरीले भंडारण गरी राखेको खराव विषादीयुक्त पानी मिसाउँदा भएको धानवालीको क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने मांग राख्दै स्थानीय सरुअठा ,पचरुखी ,बडहरवा, झुनखुनवा ,जेठरहिया ,भेडियाहीका किसानहरु गरिरहेको आन्दोलन जायज रहेको भन्दै समाजसेवी साहले आन्दोलन प्रति ऐक्यवद्धता जनाएको हुन ।
संचारकर्मीहरु सीत कुराकानी गर्दै आसन्न तेस्रो चरणका स्थानीय तह निर्वाचनमा गौर नगरपालिकाका मेयरका प्रत्यासी समेत रहेको साहले किसानको मांग सम्वन्धमा सम्वन्धित मन्त्रालय, विभागमा पहल गरी क्षतिपूर्तिको लागि सैकडो प्रयास गर्ने किसानहरुको माझमा विश्वास व्यक्त गरेका छन ।
बालीनालीमा भएको क्षति सम्वन्धी यकीन विवरण संकलन गरी दोषी पत्ता लगाई कानूनी कार्यवाही समेत गर्नलाई मांग गर्ने बताएका छन । कृषि प्रति आश्रित रहेका किसानहरुलाई भएको मार्का प्रति दुःख व्यक्त गर्दै अध्यक्ष साहले यस विषयमा स्थानीय प्रसाशनलाइ गम्भीर भई आवशयक प्रक्रिया अगाडि बढाउन ध्यानाकर्षण समेत गराएका छन । मेयर पदका उमेदवार साहले किसानहरुको समस्या लिएर काठमाडौं जाने र त्यहावाट क्षतिपूर्तिको लागि पहल गर्ने जानकारी गराएका छन ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »