नेपालगन्जस्थित एक होटलबाट भदौ ३ गते पक्राउ गरिएका ती अभियुक्तबाट प्रहरीले पहेँलो धातुको जलप लगाएको दुई किलो ३०५ ग्राम नक्कली गहना बरामद गरेको थियो । बाँके प्रहरी उपरीक्षक टेकबहादुर तामाङले पक्राउ परेका अभियुक्तमध्ये पूर्णबहादुर विक यसअघि पुराना बहुमूल्य धातु चोरी गरेको अभियोगमा पक्राउ परिसकेका व्यक्ति भएको बताए ।
‘हामीले अभियुक्तबाट कोही ठगिएका छन् भने जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्न सूचना जारी गरेका छौँ, प्रहरीले पनि यस सम्बन्धमा थप अनुसन्धानसमेत गरिरहेको छ‘, उनको भनाइ थियो ।
