सेवाग्राहीलाई विभिन्न कारणले दुख दिने र समयमा सेवा प्रदान नहुने गरेको गुनासो आएपछि अख्तियारले केही दिनदेखि उक्त कार्यालयमा निगरानी बढाएको थियो । सोमबार दुवै कर्मचारीलाई रंगेहात पक्राउ गर्न सफल भएको अख्तियारको महेन्द्रनगर कार्यालयका सुचना अधिकारी खिमानन्द पाठकले बताए । ‘पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान अघि बढाइने छ’ सूचना अधिकारी पाठकले भने, ‘केन्द्रमा समेत यसबारे जानकारी गराइसकेका छौं, केन्द्रबाट आएको निर्देशन अनुसार कारवाही अघि बढ्छ ।’
