अस्पतालमा भेन्टिलेटरको अभाव, ५ दिनमै ३ जनाको मृत्यु

प्रकाशित समय 6:21:00 PM
महोत्तरी, २० साउन । महोत्तरीको बर्दिवासमा रहेको सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटरको व्यवस्था नभएपछि उपचारको लागि समस्या भएको छ । नेपाली सेनाको फस्ट राइफल गण जलेश्वरको प्राविधिक सहयोगमा सञ्चालित सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटर नहुँदा उपचार गर्न समस्या हुने गरेको उपचारमा सहभागी डाक्टरले बताएका छन् ।
वर्षायाम लागेसँगै तराई मधेशमा सर्पदंशका घटना बढिरहेको बेला जिल्लाकै एक मात्र सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटरको अभावकै कारण बिरामीहरुलाई उपचार गर्न समस्या भएको छ । समयमै उपचार गर्न नसक्दा उनीहरुको अकालमै ज्यान जाने गरेको उपचार केन्द्र स्रोतले जनाएको छ ।
बर्दिवास उपचार केन्द्रमा अहिले दैनिक ७ जनाको हाराहारीमा सर्पदंशका घाईतेहरु उपचारको लागि पुग्ने गरेका छन् । एन्टिस्नेक भेनम सेरमको भाइलको अभाव भने नरहेको सर्पदंश उपचार केन्द्रले जनाएको छ ।
पाँच दिनमा तीनजनाको ज्यान गयो
बर्दिवासमा एक हप्ताको अवधीमा विषालु सर्पको टोकाइबाट ३ जनाको ज्यान गएको छ  । बर्दिवास नगरपालिका १ का १९ वर्षीया रविना गौतम, १५ वर्षीया आशिष अधिकारी र अढाइ वर्षीया आइसा सिंहको सर्पदंशको कारण ज्यान गएपछि गाउँ नै शोकमा डुबेको छ । सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटरको व्यवस्था नभएपछि उपचार अभावमा उनीहरुको ज्यान गएको अस्पताल स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »