एकैचोटी केन्द्रीय संसद्रुको चुनावमा जानु बाँदर हाम्फालेजस्तो ः यादव

प्रकाशित समय 6:44:00 PM
राजविाज, २७ साउन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तह निर्वाचनपछि प्रदेशको निर्वाचन गर्नु उपयुक्त हुने बताएका छन् । संघीय प्रेस फोरम सप्तरीले शुक्रबार गरेको पत्रकार सम्मेलनमा यादवले ठूला दलहरुमा स्थानीय निर्वाचनपछि केन्द्रीय संसदको निर्वाचन गर्ने मनसाय देखिएको भन्दै त्यसअघि प्रदेश निर्वाचन हुनपर्नेमा जोड दिए । उनले पहिले संघको निर्वाचन गरेर संघीयता समाप्त पार्ने खेलमा ठूला दलहरु कांग्रेस, एमाले र माओवादी केन्द्र लागेको आरोप लगाए । प्रदेश निर्वाचन नगरी एकैचोटी केन्द्रीय संसद्रुमा जानु भनेको बाँदर हाम्फाल्ने कार्यजस्तो हुने उनको टिप्पणी थियो ।  यादवले यथास्थिवादी र प्रतिगमनकारीका कारण संविधान संशोधन हुन नसकेको आरोप लगाए । संशोधन विधेयकलाई अल्झाएर राख्ने काम गरेर मुख्य दलले फोहोरी खेल खेलिरहेको भन्दै यादवले तेस्रो चरणमा चुनाव गर्नुको औचित्य पूरा गर्न पनि सरकार र ठूला दलहरुलाई चुनौती दिए । स्थानीय तह चुनाव तेस्रो चरणमा गर्नु सबै राजनीतिक दलहरुलाई सहभागी गराउनु रहेको यादवको भनाइ छ । उनले तराईमा बाढी र सुख्या क्षेत्रका कारण नागरिक प्रभावित भएको बताउँदै प्रधानमन्त्रीलाई घुमेर नभई पुनर्वास र दीर्घकालीन समस्या समाधान खोज्न आग्रह गरे । त्यस्तै चुरे संरक्षणको अभावमा तराई मरुभूमिकरण भइरहेको भन्दै उनले अन्तर्राष्ट्रिय सहयोग लिएर भएर पनि चुरे संरक्षण गर्नुपर्ने बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »