गोलबजार, १५ भदौ । सिरहाको दक्षिण सीमावर्ती माडरबाट लागूऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सिरहा नगरपालिका– १७ माडरबाट मिर्चैया नगरपालिका– ६ का १९ वर्षीय बलमेन्द्र साहलाई पक्राउ गरिएको हो। साहको साथबाट ६० थान नाइट्रोभेट ट्याबलेट र ४५ वटा पास्मो प्रोक्सिवान ट्याबलेटसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्त प्रहरी नायव उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए । साहलाई लागूऔषध ऐनअन्तर्गत सिरहा जिल्ला अदालतबाट म्याद थप गरी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।