बनाएको एक महिनामै भत्कियो तटबन्ध खाडो नदी बस्तीमा पस्यो, एक जनाको मृत्यु

प्रकाशित समय 7:32:00 PM
राजविराज, २६ साउन । बुधबार रातिदेखि भएको वर्षासँगै खाँडो नदीमा आएको बाढीले सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १ र १५ मा कटान गर्दा एक जनाको
ज्यान गएको छ । राजविराज नगरपालिका–१५ देउरी भरुवामा सेनाले नदी नियन्त्रणका लागि खटाएका स्थानीय ५५ वर्षका डोमी यादवको डिस्कोले पुरिएर ज्यान गएको छ ।
दिउँसो १२ बजेर ४० मिनेट जाँदा वेपत्ता भएका यादवको शव अहिलेसम्म पनि नभेटिएकोले खोजि कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी मुकेशकुमार सिंहले बताए ।
एक महिनाअघि राजविराजमा रहेको खाँडो नदी नियन्त्रण आयोजनाले १५ करोड ६६ लाख रुपैयाँमा खाँडो नदीमा तटवन्ध निर्माण गरेका थिए । तटबन्ध निर्माण गरेको महिना दिन नपुग्दै बाँध भत्किएको हो । बाँध भत्किएर ४ सय परिवारको उठिवास भएको छ ।  खाँडो नदी नियन्त्रण आयोजनाका प्रमुख अखलाख सिद्धकीसँग कुरा गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।
बाढीले खाँडो नदी कटान गर्दा डुम्री सिवथान, विरौल, देउरी भरुवा, महदेवा, तिलाठी, सकरपुरा, रमपुरा मल्हनियाँ, लौनिाया, विषहरीया, को मधेपुरा, कोईलाडी, वभनमाकट्टीलगायतका दर्जनभन्दा बढी बस्तीमा पानी पसेको छ । स्थानीय बासिन्दाहरु त्रसित देखिएका छन् ।
यता, स्थानीय प्रशासनले भने बाढीबाट हुनसक्ने थप क्षतिलाई नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरि बाढी नियन्त्रणको प्रयास भईरहेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »