
जनकपुरमा सञ्चालित एकीकृत विकास आयोजनाको स्थलगत अनुगमनको लागि मंगलबार बिहानै मन्त्री साहसँगै सम्बन्धित निकायका प्रतिनिधि मुरलीचोकमा पुगेका थिए । त्यसक्रममा स्थानीय बासिन्दाले सम्बन्धित निकायले लापरबाही एवं ढिलासुस्ती तरिकाले काम गरि रहेकाले नागरिकले सास्ती भोग्न बाध्य रहेको मन्त्री कहाँ गुनासो पोखेका थिए । मन्त्री साहले ढिलासुस्ती हटाउन सम्बन्धित कार्यालयका प्रमुखहरुलाई बोलाएर निर्देशन दिई राखेको थियो । त्यसबेला जनकपुर उपमहानगरपालिका प्रमुख सुवेदी आफ्नो गाडीमा मोबाइल चलाएर बसेको थियो । केही युवाले प्रमुख सुवेदीलाई मन्त्रीले बोलाई राखेको भन्दै आउन आग्रह गर्दा उनले आफू मन्त्रीको कुरा सुन्न नजाने भनेर जवाफ फर्काएपछि आक्रोशित युवाहरुले गाडीबाट तान्दै कुटपिट गरेका हुन् । प्रमुख सुवेदीको लुगासमेत स्थानीय युवाहरुले च्यातेका छन् ।
कुटपिट घटना पश्चात प्रमुख सुवेदीले आफू त्यहीँ भएको बेलामा अराजक व्यक्तिले आफूलाई गाडीबाट तानेर कुटपिट गरेको दुःखेसो पोखे । उनले कानुनी राज्य हो भने आफूमाथि कुटपिटसँगै दुव्र्यवहार गर्नेहरुमाथि कडा कारबाही हुनु पर्ने माग गरे ।
