भ्रष्टाचार एवं घुसखोरी विरुद्ध राजपाद्वारा धर्ना

प्रकाशित समय 7:00:00 PM
वीरगन्ज, १७ साउन । भ्रष्टाचार एवं घुसखोरीको विरुद्धमा राष्ट्रिय जनता पार्टी नेपाल वीरगन्ज महानगर कमिटीले धर्ना दिएको छ । राजपा नेपाल वीरगंज महानगर कमिटीले मंगलबार घण्टाघरमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म धर्ना दिएको हो । ‘भ्रष्टाचार एवं घुसखोरी मुक्त समाज, सभ्य एवं समृद्ध समाज’ नाराका साथ भ्रष्टाचारको विरुद्धमा ९ बुँदे माग राख्दै राजपा वीरगन्ज महानगर कमिटीले धर्ना दिएको हो ।
संसदीय विकास कोषको रकम पारदर्शी र जनतामुखी हुनुपर्ने, जिल्ला समन्वय समिति र नगरपालिकाबाट पेश्की लिई काम नगर्नेको सुचि प्रकाशित गरी कारवाही गर्नुपर्ने, विकास बजेटका लागि छुट्याइएको रकम फ्रिज हुनुपर्ने कारण देखाउनुपर्ने, गाउँ–गाउँमा रहेको सेना–प्रहरीको ब्यारेक फिर्ता हुनुपर्ने लगायतका मागहरु रहेको छ ।
सो धर्ना कार्यक्रममा राजपा नेपालका केन्द्रीय सहमहासचिव निजामुदिन समानी, केन्द्रीय सदस्य रम्भा मिश्रा, मिनु ठाकुर, जिल्ला उपाध्यक्ष ईश्वर यादव, सचिव धर्मेन्द्र पटेल, श्रीराम गिरी, नेताहरु सुरेश साह कानु, कोषाध्यक्ष पन्नाला पटेल, सचिव संजय पटेल, रिजवी खालिद, मुनी श्रीवास्ताव, अनिता रौनियार, नगर अध्यक्ष ओमप्रकाश सर्राफ, रेखा साह, समाजसेवी वृजेश चौधरी ई.शुभनारायण कुर्मीले धर्ना दिएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »