धनुषामा बालिकाको कपाल काटियो चोटीकटवा नेपाल पसेको हाल्ला

प्रकाशित समय 5:54:00 PM
जनकपुर, ४ भदौ । धनुषामा एक बालिकाको कपाल काटेको आश्चर्यजनक घटना भएको छ । भारतको विभिन्न स्थानमा कपाल काट्ने (चेटीकट्वा)को हल्ला फैलिरहेको बेला धनुषामा पनि एक बालिकाको कपाल काटिएको छ ।
धनुषाको विदेह नगरपालिका १० बस्ने सितल मण्डलकी  १५ बर्षिय छोरी माला कुमारी मण्डलको शनिबार साँझ कपाल काटिएको हो । तर का
पल भने कसले काटेको पत्तो चल्न सकेको छैन । घटना साँझ ६ बजे हो । घर नजिकै रहेको बजारबाट फर्किबदैँ गरेकी बालिकाको आफै कपाल कटेर झर्यो । पछाडीबाट कसैले कपाल समातेर तानेको तर पछाडी हेर्दा कोही नभएको बालिका मण्डलले बताईन् ।
कपाल काटिएको थाहा पाएपछि टाउको बेस्सरी दुख्न थालेपछि चिच्याउँदा छरछिमेकका स्थानीयहरु जम्मा भएको परिवारजनले जनाएको छ । अदृश्य रुपमा भएको यस्तो घटनाले सबैलाई आश्चर्यचकित र आतंकित बनाएको छ ।
घटना स्थल पुगेका ईटहर्वा प्रहरीचोकीका प्रहरीहरुले कपाल काटेको घटना सत्य भए पनि अदृश्य रुपमा यस्तो घटना भएकाले केहि गर्न नसकेको बताए । तर घटनाको विषयमा अनुसन्धान गरि रहेको जनाएको छ ।
अहिले भारतको विभिन्न स्थानमा महिलाहरुको कपाल काट्ने (चोटकटवा)को हल्ला फैलिरहेको छ । नेपालमा तथ्यगत यस्तो घटना भएपछि सर्वसाधारणले भारतबाट कपाल काट्ने चोटीकटबा नेपाल पसेको बताएका छन् ।
बालिकाको अनुसार घटना :
म घर नजिकैको बजार गएकी थिए । बजारबाट घर फर्केर मुलढोकाबाट घर भित्र पस्दै गर्दा कसैले पछाडीबाट मेरो कपाल समातेर तानेको महसुस भयो । पछाडी फर्केर हेर्दा कोही थिएनन् । तल हेर्दा एक मुठठा कपाल जमिनमा झरेको देखे । म अत्यन्तै डराए । आफ्नो कपाल छाम्दा कपाल काटिएको थाहा पाए । त्यसपछि कपाल दुख्न थाल्यो । म चिच्या सबै छरछिमेक भेला भयो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »