दाता परिवाले रजिष्ट्रेशन नगर्दा शैया थप्न समस्या

प्रकाशित समय 6:13:00 PM
जिवछ उदासी
लहान, १९साउन । लहान ३ मा अवस्थित राम कुमार उमा प्रसाद अस्पताल स्थापना भएको ४० वर्ष वित्न लाग्दा पनि दाता परिवाले जग्गा रजि
ष्ट्रेशन गर्न नमान्दा अस्पतालको विकास र शैया थप्न समस्या भएको अस्पतालले जनाएको छ । दाता परिवार प्रतिष्ठित व्यापारी मुरारका र शारडा परिवारसंग जगगा रजिष्ट्रेशनको पहल गर्दा गर्दै अस्पताल विकास सिमतिका पपदाधिकारीहरु हैरान भएका छन ।
अस्पताल विकास समितिका अध्यक्ष फूलेश्वर महतोको अनुसार झण्डै ४० वर्ष स्थापना भएको भैसक्दा पनि अस्पताल रहेको एक विगहा १५ कठा आठ धुर जग्गा रजिष्ट्रेशन गर्न आजभोली गर्दा गर्दै यत्रो समय वित्यो अस्पतालको विकास हुन नसकेको समस्या पोख्नु भएको छ । प्रत्येक अध्यक्षले जग्गा रजिष्ट्रेशनको लागि पहल गरेको हो तर दाता दुलिचन्द्र शारडा र प्रमेश्वर मुरारकाका परिवारले जग्गा रजिष्ट्रेशन नगरिदिएको कारण ५० शैयाको लागि तयार गरेका कागजातहरु त्यसै थन्किरहेको अध्यक्ष महतोले भन्दै सिरहा सप्तरी र उदयपुर सम्मको विरामीको चाप रहेको यस अस्पतालको भवन निर्माण र विस्तारको लागि जग्गा नै वाधक बनिरहेको छ ।
लहान नगरपालिकाको पूर्व मेयर तथा अस्पताल विकास समितिको पूर्व अ्रध्यक्ष समेत रहनु भएको मुनि साह भने, ‘अस्पताल विकासको लागि गरेको प्रयासमा कहिले दाता परिवार वाधक त कहिले अस्पतालको प्रमुखको नियत सहि नहुने प्रवृत्तिको कारण चाहेर पनि लहान अस्पतालको सविकास हुन सकेको छैन ।’ तर लहान नगरपालिकामा जन प्रतिनिधि निर्वा्चित भएर आएपछि नयाँ शिरावाट विकासको लागि एक भएर विकास गर्नुपर्ने बताउनु भएको छ ।
२०७३÷ ७४ मा समान्य प्रसुति दुई हजार ५२४ , जटिल प्रसुति २३६ शल्यक्रिया प्रसुति ३०२ र ओपिड सेवा १३ हजार ९९२ आकस्मिक सेवा ७ हजार ७८६ ल्याव सेवा ३२ हजार ५० उपलब्ध गराएको यस अस्पतालमा चिकित्सकको अभाव रहेपनि सेवामा कुनै कन्जुस्याई नगरेको अस्पताल प्रमुख सुनिल कुशवाहाले जानकारी गराउदै ल्याव र भिडियो सेवा २४ घण्टै खुल्ला रहेको कारण वाहिरको क्लिनिक भन्दा अस्पताल प्रति आकर्षण वढेपनि अस्पताल हाताभित्र राखिने दर्जनौ एम्वुलेन्स राख्न नदिने निर्णय कार्यान्वयनमा चुनौती रहेको छ भन्ने अस्पताल हाताभित्र रहेको अस्पतलकै भवनमा संचालित औषधी पसल हटाउन र भाडा असुली पनि अर्को कारण देखिएको छ ।
प्रत्येक महिना चार लाख रुपिया शल्यक्रियामा खर्च देखिए पनि विभागवाट वर्षको १९ लाख रुपियाँ मात्रै आउने गरेकोले निःशुल्क औषधी वितरणमा निकै समस्या हुने गरेको अस्पतालले जनाएको छ । यता अस्पतालभित्र सेवा र चिकित्सकको लापरवाही र क्लिनिकमुखी रवैयाको कारण विरामीले सहि उपचार पाउन नसकेर नजिकै रहेको क्लिनिक वा वाहिर जान वाध्य हुनुपरेको गुसनासो व्यापक देखिएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »