विषालु च्याउ खाँदा एकै परिवारका पाँचजना बिरामी

प्रकाशित समय 7:28:00 PM
गोलबजार, २६ साउन । विषालु च्याउ खाँदा सिरहा गोलबजार नगरपालिकास्थित टुर्कियामा एकै परिवारका पाँचजना सिकिस्त बिरामी परेका छन् । स्थानीय सुरेन्द्र ठाकुरको घरमा बुधबार राति च्याउको तरकारी खाँदा उनका बहिनी ३५ वर्षीया शिवुकुमारी ठाकुर र २८ वर्षीया रुना ठाकुर, भाइबुहारी २२ वर्षीया सरस्वती ठाकुर तथा भान्जा आठ वर्षीय नितेश ठाकुर र दुई वर्षीया जेसिका ठाकुर सिकिस्त बिरामी परेका हुन् ।
सिकिस्त भएका पाँचै जनाको लहानस्थित हस्तीका पोलिक्लिनिक एण्ड डाइगनोसटिक सेन्टरमा उपचार भइरहेको उनका परिवारले जनाएको छ । राति घरमा च्याउको तरकारी पकाएर खाएको केहिबेरपछि सबैलाई वाकवाकी लागी बान्ता भएपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको भएको हो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »