मोरङमा पनि कपाल आतंक

प्रकाशित समय 5:10:00 PM
विराटनगर, ६ भदौ । पछिल्लो समय भारतबाट फैलिदै आएको कपाल काटने हल्ला मोरङमा समेत आईपुग्दा आतंक मच्चिएको छ । मोरङको बुढीगंगा–३ स्थित गोकुवा टोलका कौशिला ऋषीदेवको कपाल काटिएपछि सिंगो गाउँ आतंकीत बनेको हो ।
कौशिलाको कपाल काटिएपछि उनी केहिबेर अचेत भएको थियो । उनले सोमवार बिहान ११ बजे घरको काम सकेर बसिरहेको बेला कपाल काट्न सुरु भएपछि प्रतिरोध गर्दा अचेत भएको बताए । स्थानीयबासिहरुले यस्तो आतंकबाट मुक्ति पाउन दैविक प्रकोप हो कि भनेर सामुहिक पुजा नै सुरु गरेका छन । गोकुवा टोलका स्थानीयबासिले टाउको छोपेर निमको पात लिएर हिंड्दा दैविक प्रकोप नआउँने बताएका छन ।
यसैगरी सुनसरीको देवानगञ्जमा समेत यस्तै घटना भएको छ । शनिबार राती करिब १० बजे सुनसरीको साविक नरसिंह ३ हाल भोक्राहा गाउँपालिका ७ घर भएका सुनिता देवी यादवको कपाल काटिएपछि उनलाई हिन्दु तथा मुस्लिम धर्मसँग सम्बन्धित स्थानीय धामीझाक्रीले तान्त्रिक बिधि अनुरुप उपचार गरेका थिए । कपाल काटिएको बिषयमा उनिलाई सोध्दा कुकुर आयो र मेरो खुट्टा सुघ्दै आखाँमा पानीको फोहोरा हालेजस्तो भयो त्यसपछि म कुकुरलाई धपाउँदै बेहोस भए, अरु के भयो मलाई केही थाहा नभएको बताए ।
यस्तै साविक नरसिंह ४ हाल भोक्राहा ५ मा सुनीता देवी मेहताको आइतबार बिहान १० बजे कपाल काटिएको थियो । पुनः बिहान साडे ११बजेतिर सुनसरी नरसिंह ३ मा प्रमिला देवी यादवको कपाल काटीएको थियो ।
यसैबीच डाक्टर बिशालचन्द्र सुवेदीले यो कुनैपनि किसिमको दैविक प्रकोप नभएर एक किसिमको कपाल काट्ने किराले मच्चाएको बताए । उनले हामिले यस किराबाट बच्ने प्रयास गर्नुपर्ने भन्दै घर वरिपरि सरसफाइ राख्ने गर्नाले यसबाट बच्न सकिने बताए ।  सुनसरीका प्रहरी नायव उपरीक्षक प्रविण धितालले स्थानीयबासीले धामीझाक्रीमा बिश्वाश गर्नु भन्दापनि कपाल काट्ने किराबाट सावधानी अपनाउन जरुरी रहेको बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »