अस्थायी शिक्षकको परीक्षा एक हप्ता स¥यो

प्रकाशित समय 8:04:00 PM
काठमाडौं, ३१ साउन । अस्थायी शिक्षकको परीक्षा एक हप्ता पछि सरेको छ । बाढी पहिरोका कारण तराईका विभिन्न परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गर्ने अवस्था नरहेको साथै परीक्षार्थी पनि आवतजावत गर्न नसक्ने अवस्था रहेको भन्दै शिक्षक सेवा आयोगले परीक्षा सार्ने निर्णय गरेको हो ।  भदौ ३ गतेका लागि तोकिएको परीक्षा अब भदौ १० गते हुनेछ । अस्थायी शिक्षकलाई स्थायी बनाउनका लागि परीक्षा हुन लागेको हो । तर परीक्षामा फेल भएपनि सुविधा पाउनुपर्ने केही अस्थायी शिक्षकको माग छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »