कडा सुरक्षाबीच मतपत्र ल्याइयो

प्रकाशित समय 6:13:00 PM
काठमाडौं, २० साउन । भरतपुर महानगरपालिको कवर्ड हल बिहीबार साँझ एकाएक सुरक्षाकर्मीले भरियो । भित्र र बाहिर ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ भए । नेपाली सेनाको एक टुकडी आधुनिक हतियार सहित हल बाहिर तैनाथ भयो । हलको वरपर सुरक्षाकर्मीले घेराबन्दी गरे । सडकको चारकुनाको बाटो बन्द गरियो । मानिसको आवतजावतमा प्रतिबन्ध लगाइयो ।
यस्तो कडाइपछि भरतपुर महानगरपालिको १९ नम्बर वडामा शुक्रबार भएको मतदानको मतपेटिका मतगणनास्थल कवर्ड हल ल्याइएको छ । उ
क्त वडाको ३ वटा मतदान केन्द्रको बाकस मतगणनाास्थल ल्याइएको हो । मतदानस्थलदेखि नै ठूलो संख्यामा नेपाल  प्रहरी, सशस्त्र र नेपाली सेनाले स्कर्टिङ गरि मतपेटिका ल्याइएको थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल भित्र तारको जाली लगाएर घेराबन्दी गरेको छ । त्यहि घेराभित्र दलका प्रतिनिधिहरु बसेर मतगणनाको निगरानी गर्छन् । भित्र चारवटा सिसी क्यामेरा समेत जडान गरिएको छ ।  गत वैशाख ३१ ग्ते सम्पन्न चुनावको मतगणनाको क्रममा जेठ १४ गते मतपत्र च्यातिएपछि सर्वोच्च अदालतको फैसला पछि शुक्रबार पुनः मतदान भएको हो । उक्त घटनापछि मतगणनास्थल भित्र तारको जाली र सिसी क्यामेरा जडान गरिएको हो । अहिले मतगणनास्थल बाहिर ठूलो संख्यामा प्रहरी, सेना, सशस्त्र प्रहरी परिचालन गरिएको छ । अघिल्लो बेला जस्तै कुनै पनि किसिमको घटना हुन नदिन सुरक्षा ब्यवस्था अत्यन्तै कडा पारिएको जिल्ला प्रहरी प्रमुख एसपी दीपक थापाले बताए । राति नै सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनायो ।
मतदान अवलोकनका लागि निर्वाचन आयुक्त ईश्वरी पौडेल र अनुगमनका लागि सहन्यायाधिवक्ता कृष्णजीवी घिमिरे यहाँ आएका थिए । सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले दलहरुसँगको सहमतिमा मतगणना सुरु गर्ने बताए । महानगरको मेयरमा एमालेबाट देवी ज्ञवाली र माओवादी केन्द्रबाट रेणु दाहाल चुनावी प्रतिस्पर्धामा छन् । मतदान भइसकेका अन्य सबै वडाको गणना भइसकेको छ । अव १९ र २० नम्बर वडाको गणना हुने छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »