गच्छदारका उपाध्यक्ष रामेश्वर रायसहित ६५ सय बढी नेता कार्यकर्ता माओवादीमा प्रवेश

प्रकाशित समय 6:05:00 PM
सर्लाही,१४ भदौं । विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका केन्द्रीय उपाध्यक्ष रामेश्वर राय लगायत ६५ सय भन्दा धेरै विभिन्न दलका नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
बुधवार चक्रघट्टामा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रायसहितका हजारौ नेता तथा कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराएका हुन् । रायको प्रवेशले २ नम्बर प्रदेशमा हुने आगामी चुनावका लागि आफ्नो जनाधार थप बलियो भएको माओवादीले जनाएको छ ।
मधेसमा बलियो ठानिने नेताहरुलाई भित्राएको दाबी गर्दै आएको माओवादीले आगामी स्थानीय चुनावमा राम्रो परिणाम आउने अपेक्षा गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्डलगायत शीर्षनेताहरु २ नम्बर प्रदेशमा सक्रिय छन ।
त्यस्तै शुक्रबारका लागि राजधानीमा बस्ने तय भएको पार्टीका सचिवालय बैठक पनि बीरगञ्जमा सारेका छ । आगामी भदौ १७ गते सचिवालय बैठक बीरगञ्जमा बस्ने बताइएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »