संविधान संशोधनका लागि हाम्रो प्रयास निरन्तर रहन्छ ःप्रचण्ड

प्रकाशित समय 4:23:00 PM
जनकपुर, १३ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले आवश्यक्ता अनुसार संविधान संशोधनका लागि पार्टीको प्रयास निरन्तर जारी रहने बताएको छ । मंगलबार जनकपुरमा नेकपा माओवादीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले संविधानको स्वीकार्यता बढाउने र मधेश पहाड हिमाललाई जोडेर देशको एकता बलियो बनाउने काममा आफु लागि रहेको बताए ।
उनले पहाडबाट मधेशलाई अलग गर्न खोज्ने पहाडीया विरोधी अतिवादी धारा र पहाडमा मधेश विरोधी राष्ट्रवादको नाममा अर्को अतिवादी धाराले देशलाई विखण्डन गर्न खोजेको आरोप लगाए । दुवै अतिवादको विरुद्ध र मधेश पहाडको जनता एक भएको बतउँदै मधेश र पहाडका जाली फटहाका विरुद्ध माओवादी लागि परेको अध्यक्ष दहालको भनाई छ ।
केहि शक्तिले माओवादीलाई मधेश विरोधी पार्टी हो भनेर प्रमाणित गर्न खोजकेको उनको आरोप छ । तर माओवादी जनयुद्धकाल मै मधेशीको हकअधिकारको लागि मधेशी राष्ट्रिय मुक्तिमोर्चा गठन गरि निरन्तर लडि रहेको अध्यक्ष प्रचण्डले दावी गरे ।
त्यस अवसरमा नेपाली काँग्रेस, नेकपा एमाले, राजपा नेपाल, नयाँ शक्ति लगायतको पार्टीबाट ७ सय १५ जना कार्यकर्तालाई अध्यक्ष दाहालले टीका लगाई पार्टी प्रवेश गराएको छ । पार्टी प्रवेश कार्यक्रममा माओवादीका शीर्ष नेता नारायणकाजी श्रेष्ठ प्रकाश, रामबहादुर थापा बादल, मातृका प्रसाय यादव, रामचन्द्र झा लगायत सहभागि थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »