बाढीका कारण ठाउँ नपाएर आँगनमै दाहसंस्कार

प्रकाशित समय 7:56:00 PM
महोत्तरी, ३१ साउन । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा बाढीका कारण ठाउँ नपाएर एक मृतकको आँगनमै दाहसंस्कार गरिएको छ । जलेश्वर नगरपालिका– ९ प्रकौली गाउँका ५५ वर्षीय रामेश्वर चौधरीलाई उनका छोराहरूले मृत्यु पछि आँगनमै दाहसंस्कार गरेका हुन् ।
गाउँको चारैतिर पानीले भरिएर कुनै सुख्खा ठाउँ नभेटिएपछि तीन भाइ छोराले बुबाको मृत शरीरलाई आँगनमै जलाएको छिमेकी ललित चौधरीले जानकारी दिए । बाढीका कारण घरबाट समेत निस्कने अवस्था नरहेको र गाउँको कुनै पनि ठाउँ वा वनसमेत सुख्खा नरहेको पाएपछि बुबा रामेश्वरलाई आँगनमै जलाएको कान्छा छोरा दिनेश चौधरीले बताए ।
बाढीको त्रास फैलिएका बेला रामेश्वरको हृदयाघातबाट घरमै मृत्यु भएको थियो ।
त्यस्तै सप्तरीमा बडो ममतापूर्वक बालकलाई च्यापेका थिए । झरी परेको आकाश केही उघ्रिए पनि मौसम चिसो–चिसै थियो । बालकलाई कम्बल ओढाइएको थियो । लाग्यो– उपचार गर्न अस्पताल लैजाँदै गरेको हुनुपर्छ । मैले जिज्ञासा राखें । बालक बोक्ने व्यक्ति केही बोलेनन् । साथमा आएका अर्का व्यक्तिले भने, ‘‘बाढीमा डुबेर यो बालकको मृत्यु भयो । जताततै पानी नै पानी छ । गाड्ने ठाउँ पाइएन । त्यसैले कोसीमा बगाएर सद्गत गर्न जाँदै छौं ।’
सुन्दै मन कटक्क भयो । नहरको डिलैडिल उनीहरू अघि बढिरहेका थिए । पाइला पछ्याउँदै हामी पनि गयौं । करिब एक किलोमिटर पार भएपछि कोसीको किनार भेटियो । बालकको शव बोक्ने व्यक्ति चुपचाप अघि बढे । कम्मरसम्म डुब्ने भागमा पुगेपछि होसियारीपूर्वक पानीमाथि शव राखिदिए । आधा मिनेट पनि नभई शव पानीले बगाउँदै लग्यो । उनले हेरिरहन सकेनन् । बग्दै गरेको एउटा फोटो खिचेपछि मैले पनि हेर्न सकिनँ । केही समयपछि हेर्दा शव अलप भइसकेको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »