चोरी निकासीका कारण सिरहामा लक्ष्य अनुसार भन्सार उठेन

प्रकाशित समय 6:13:00 PM
गोलबजार, २७ साउन । सीमा नाकाबाट हुने चोरी तस्करी नियन्त्रणमा सरोकारवाला निकायको निस्किृयताले सिरहाको माडरस्थित जिल्ला भन्सार कार्यालयले यस वर्ष लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेन । आव ०७३÷७४ मा सिरहाको माडर भन्सार कार्यालयबाट २० करोड ७४ लाख ३१ हजार रुपैयाँ राजस्व संकालन गर्ने सरकारी लक्ष्यरहेपनि कार्यालयले १३ करोड ८५ लाख चार हजार रुपैयाँमात्र राजस्व संकलन गरेको छ । आर्थिक ०७२÷०७३ मा १९ करोड रुपैयाँ राजस्व संकालन गर्ने लक्ष्य रहेकोमा नौ महिनाको मधेश बन्दका बावजुत ९ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।
भन्सार कार्यालयका प्रमुख राजेन्द्र कुमार हमाल केही चोरी तस्करी र नेपालमा एलवेस्टर (छाना छाउने कुटको पाता) प्रतिवन्ध लगाएकोले राजस्वमा कमि घटेको बताए । उनले अघिल्ला वर्षहरुमा उठेका राजस्वमध्ये करिव २० प्रतिशत एलवेस्टरको हुने गरेको पनि जनाए ।
उनले कार्यालयसंग जनशक्तिको अभाव रहेको र राजस्व संकलकनमा रहेका प्रहरी प्रशासनले सीमा नाकाहरुबाट निकासी पैठारीमा जाँचमा कडाई नगर्दा राजस्व संकलनमा कमी आएको बताए ।  मोटरपार्टस, इलोक्ट्रोनिक, कस्मेटिक र महगा कपडाहरु चोरी तस्करीबाट नेपाल भित्रिने गरेको बताए । भन्सार निगरानीको लागि आफ्नो मात्र जनशक्तिले नभ्याउने र जिम्मा लिएका प्रहरीले पनि आफ्नो जिम्मेवारी पुरा नगर्दा लक्ष्यअनुसार भन्सार नउने प्रमुख हमालले बताए । सिरहामा जिल्ला भन्सार कार्यालय माडर सहित ठाडी र बरियारपट्टी छोटी भन्सार कार्यालय पनि संचालनमा रहेकाछन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »