गोलबजार, ११ भदौ । सिरहा जिल्लाको अधिकारीक बिक्रेता एस.एस.अटो सेन्टर लहान सिरहाले यामाहा ब्राण्डको सैल्युटो मोटरसाइकलको म्यानेज टेष्ट कार्यक्रम आइतबार सम्पन्न गरेको छ ।
सिरहाको लहानदेखि गोलबजारसम्म २० किलोमिटरको दुरीमा दर्जनौको संख्यामा यामाहा सैल्युटोले म्यानेज टेष्टको लागि आइतबार ¥याली गरिएको हो । ¥यालीमा सहभागीहरुमध्ये प्रथम, दोस्रा र तेश्रोलाई एस.एस अटो सेन्टरले पुरस्कृत गरेको हो । ¥यालीमा सहभागी भएका चन्दन सेन साहले लहान र गोलबजारसम्मको दुरीमा ९०.७ प्रतिलिटर म्यानेज, मेघनारायण झाले ८८.५ प्रतिलिटर र देवराज खनाल ८६.२ प्रतिलिटर म्यानेज दिएको सहभागीहरुले जनाए ।
एस.एस.अटो सेन्टर लहानका संचालक संजिव सुडीले पहिलो, दोस्रो र तेश्रोलाई सन्त्वना स्वरुप पुरस्कृत गरेको हो । संचालक सुडीले यामाहा मोटरसाइकलको ब्राण्डप्रति बढ्दो युवाहरुको झुकावलाई मध्येनजर गर्दै कम्पनीले बेला–बेलामा नयाँ डिजाइनमा मोटरसाइकलहरु बजारमा ल्याउन गरेको छ ।