कुहिएको अवस्थामा महिलाको शव भेटियो

प्रकाशित समय 5:47:00 PM
महोत्तरी, ३ भदौ । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–२ स्थित सुर्ति विकास चौक नजिकैको एक ऊखुघारीमा शनिबार कुहिएको अवस्थामा एक महिलाको शव फेला परेकोे छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले गौशाला–२ स्थित सुर्ती विकास चोकभन्दा चार सय मिटर पश्चिम ऊखुघारीमा कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको बताए ।
नाम, थर, वतन केही नखुलेको अन्दाजी ४० वर्षीया महिलाको ६, ७ दिनअघि मृत्यु भई अनुहार, मुख, नाक, र शरीरको विभिन्न भागमा किरा परेको तथा पूरै शरीर कुहिएको अवस्थामा शव फेला परेको हो । शनिबार बिहान ११ बजे स्थानीय महिला घाँस काट्न ऊखुघारीतिर जाँदा मृतक महिलाको शव गन्हएपछि उनीहरुले इलाका प्रहरी कार्यालय गौशालामा खबर गरेका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »