बाढीले धेरै ठाउँमा बाटो बिगारेको, मतदान केन्द्र र निर्वाचन अधिकृतको कार्यालयमा क्षति पु¥याएको उनले बताए । ‘क्षति पु¥याएका बाटो र कार्यालय मर्मत गर्न सरकारलाई भनेको छु’ उनले भने, ‘चुनावअघि जति काम सकिन्छ ठीक छ । सम्पन्न हुन नसके टेन्ट टाँगेर भएपनि निर्वाचन हुन्छ ।’ प्रदेश २ को चुनावलाई लक्षित गरी जनशक्ति व्यवस्थापन र मतदाता शिक्षा कार्यक्रम संचालन गरिएको बताउँदै उनले चुनावका निम्ति सबै तयारी भएको बताए ।
राजपालाई छाता दिन सकिन्न
प्रमुख निर्वाचन आयुक्त डा. यादवले राष्ट्रिय जनता पार्टी (राजपा)लाई कुनै पनि हालतमा छाता चुनाव चिन्ह दिन नसकिने बताए । ‘कानुनी र प्राविधिक कुनै पनि तरिकाले राजपालाई छाता चुनाव चिन्ह दिन सकिँदैन’ उनले भने । यसअघि एउटा दलले छाता चुनाव चिन्ह माग गर्दै आयोगमा निवेदन परिसकेको उनले बताए ।
