
यसैसंगै महोत्तरीमा बाढी जस्तो प्राकृतिक विपती र त्यसको असरले ९ जनाको ज्यान गएको छ । बाढीले गाउँ डुवानमा पर्दा एक ठाउँबाट अर्को ठाउँमा जाने अवस्था थिएन । सञ्चार सेवा अवरुद्ध भएपछि ढिलो गरि प्रहरीमा मृततको खवर पुगेको हो । पिपरा गाउँपालिका–६ रतौलीका नवजात शिशु रितेश सदा मुसहर विरामी भए । उनको अभिभावले उपचारको लागि काँखमा बोकेर धान खेतको आगी हुदैं जनकपुर लादैं थिए । धान खेतको आलीमा रितेशलाई बोक्ने उनको अभिभावको खुट्टा चिपलियो । काँखबाट खसेका ८ महिने रितेशको उपचारको लागि जनकपुरा लाग्दै गर्दा भदौं ३ गते मृत्यु भयो । रोग र भोकले पुस्तौं देखि थलिएका सदा परिवारमा रितेशको मृत्युले शोक थपिएको छ । बाढीले घर डुवानमा परेको छ । सदा परिवारको न गाँस छ न त सुरक्षित बस्ने बास । सबै बाढीले तहसनहस बनाइदिएको छ । बाढी सँगै बढेको सर्पदंशले भंगहा–३ की ३५ बर्षीया शैलु सदा मुसहर मृत्युको मुखमा परिन् । सर्पको टोकाईबाट शैलु घाइते भइन् । बाढीले बाटो बगाएर यातायात अवरुद्ध भएर उनलाई परिवारजनले समयमा अस्पताल पठाउन नसक्दा शैलुको ज्यान गयो ।
यस्तै रातु खोलामा आएको बाढीले जलेश्वर जलमग्न भयो । बाढीको भेलमा बगेर जलेश्वर नगरपालिका—२ खैरा चोकका १५ बर्षीय विक्की ठाकुर बगे । बाढीले बगाएर नजिकैको खाल्टोमा पुर्रुयाउदा त्यसै खाल्टोमा डुबेर साउन २८ गते उनले देहलिला त्यागे ।
त्यसै गरी जलेश्वर नगरपालिका–८ बज्राही स्थित आफ्नो छोरी घर आएका धनुषाको साविकको मनहरपुर—६ का ५० बर्षीय शिव महरालाई बाढीको भेलले बगाउँदा उनको साउन ३० गते बगायो । दुई दिनपछि उनको लास भेटिएको प्रहरीले जनाएको छ । खोलामा आएको बाढीले लोहारपट्टी गाउँपालिका–१ का ३६ बर्षीय इन्दल महराले पनि साउन ३० गते ज्यान गुमाउनु पर्यो । बाढीकै कारण गौशाला नगरपालिका–८ बेलगाछीका ५२ बर्षीय असर्फी सदा मुसहर बेपत्ता भए। उनको मृत शव साउन ३१ गते महोत्तरीको मनरा गाउँपालिका–७ स्थित झिगांस्थानको खोलामा प्रहरीले फेला पारे । त्यसैगरी गौशाला नगरपालिका मलेनिया पोखरी बस्ने ५६ बर्षीय कोरामबति सदा मुसहरलाई पनि बाढीको भेलले बगाएर बेपत्ता बनायो । उनको शव भदौं ३ गते गाउँ नजिकै फेला प¥यो । अविरल बर्षासंगैको हवाहुरीले विद्युतको तार घर पछाडी खसेको थियो । गोठमा बाधेको भैंसी दामलो चुडेर भागेपछि भैंसीलाई समाउने क्रममा भंगहा नगरपालिका–७ का ४० बर्षीय महेश सिंहको करेन्ट लागेर ज्यान गयो । ’कसैले बाढीको कारण, कसैले एम्वुलेन्स नपाएर ज्यान गुमाए । बाढीको कारण बढेको सर्पको विगविगीको कोही सिकार भए,’ महोत्तरीका एसपी कुवेर कडायतले भने, ’मृतकलाई तुरुन्त क्रियावापतको सरकारले दिने भनेको प्रति व्यक्ति २५ हजार दिइन्छ ।’
