यादवको परिवारलाई दुई लाख

प्रकाशित समय 5:43:00 PM
राजविराज, ३ भदौ । मन्त्रिपरिषद्को निर्णयअनुसार सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका वडा नं १५ देउरीभरुवाका बेपत्ता डोमी यादवका परिवारजनलाई दुई लाख हस्तान्तरण गरेको छ । प्रजिअ भगिरथ पाण्डेले यादवकी धर्मपत्नी घनादेवीलाई सो रकम हस्तान्तरण गर्दै सरकारी राहत घरमै पुगेर वितरण गरिने जानकारी दिए । सोही अवसरमा नेपाल रेडक्रस सोसाइटी सप्तरीका सभापति जोगेन्द्र भगतले समेत घनादेवीलाई रु पाँच हजार प्रदान गरे । पीडित परिवारजनका लागि तीन महिनाको खाद्यान्नसमेत उपलब्ध गराइने प्रतिबद्धता उनले व्यक्त गरे ।
यस्तै बाढीमा परेर मृत्यु भएका तिलाठी कोइलाडीका बालक कमलु सदाका परिवारलाई सरकारका तर्फबाट पठाइएको राहत रु दुई लाख उपलब्ध गराइएको छ । सो रकम र लत्ताकपडा जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्ष एवं प्रजिअ पाण्डेले घरमै पुगेर प्रदान गरे ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »