
जरोसँगै यहाँ झाडा पखालाका विरामी अझै नरोकिएको उनले जानकारी दिए । ढुवान सुकेसँगै झाडापखालका सयभन्दा बढीको उपचार गरको पनि यादवले जानकारी दिए । अहिलेपनि आठ जना विरामीलाई स्वास्थ्य केन्द्रमै राखेर उपचार गरेको उनले जनाए । आजमात्रै चार जना झाडापखालाका विरामी केन्द्रमा भर्ना भएको जनाएको छ ।
उनीहरुको स्वास्थ्यकर्मीको निगरानीमा उपचार भईरहेको जनाएको छ । औरहीसँगै सिरहाका सवैजसो डुवान प्रभावित क्षेत्रमा भाईरल जरोको प्रकोप बढ्न थालेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. चुमनलाल दासले जनाएको छ । डुवान प्रभावित सवैजसो ठाउँहरुमा स्वास्थ्यकर्मीहरु गाउँमै पुगेर शिविरनै चलाएर उपचार जारी राखेको उनले जानकारी दिए ।
डा. दासले कल्याणपुरको पर्साही, लहान, कर्जन्हा गाउँपालीका ढुवान प्रभावित क्षेत्रहरुमा पनि जरोको समस्या देखिएको बताए । उनले अहिलेसम्म जटिलखालका समस्या नदेखिएको पनि बताए । उनले भने, ‘यस्ता प्रकृतिक विपद पछि आउने समस्याका बारेमा हामीआफै सचेत छौं, त्यसैले हामीले उपचार र सचेतनाका कार्यक्रम सँगै चलाई रहेका छौं ।’
अन्य संघ संस्था तथा व्यवसायीक संगठनहरुले पनि शिविर चलाएर विरामीको उपचार गरिरहेको दासले जानकारी दिए । प्रकोपबाट बालबालिका र बृद्धबृद्धा बढी प्रभावित भएका छन् । उनीहरुमा रोगसँग लड्ने क्षमतामा कमिरहेको हुँदा छिटो प्रभावित हुने गरेको जनाएको छ ।
