
मन्त्री पोखरेलले जनताले बदलिएको जस्तो महसुस हुने सेवा प्रदान गर्न अञ्चल अस्पतलका चिकित्सकहरुलाई निर्देशन दिए । जनताको सेवा प्रदानमा कुनै कन्जुस्याई नगर्न अस्पताललाई अस्पताल जस्तो बनाउन मेसुलाई सम्पूर्ण अधिकार रहेको उनको भनाई थियो । देश भरिका सरकारी अस्पतालका डाइरेक्टर र मेसुहरुलाई १५ दिन भित्र आफ्नो निजी क्लिनिक बन्द अर्न आह्वान गरि जानकारी दिँदै उनले स्वास्थ्य क्षेत्र सुधारको लागि केहि दिन भित्रै एक्सन प्लान बनाएर सार्वजनिक गर्ने बताए ।
त्यस क्रममा जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिडेन्टेण्ड डा.कल्पना बछारले मन्त्री समक्ष अस्पतालको सुधारको लागि आगामी कार्ययोजना पेश गरे । त्यस्तै जनकपुर अञ्चल अस्पताल विकास समितिका अध्यक्ष डा.बलराम मिश्रले बर्तमान सञ्चालित दुई सय सैयाको सेवाबाट जनतलाई अपुग भएकाले अस्पताललाई पाँच सय सैयाको बनाउन मन्त्री पोखरेललाई आग्रह गरे ।
त्यस क्रममा चिकित्सकहरुले बर्तमानको जनशक्ति र साधनश्रोतबाट जनतालाई सेवासुविधा प्रदान गर्न कठिनाई भएकाले त्यस तर्फ ध्यान दिन मन्त्री पोखरेललाई आग्रह गरेका थिए ।
