विहीबार १९ गते अनिवार्य अंग्रेजी र वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य, अनिवार्य अंग्रेजी, २० गते शुक्रबार अनिवार्य नेपाली र गैरनेपाली विद्यार्थीका लागि अंग्रेजी, साउन २१ गते शनिबार अनिवार्य गणित, २२ गते आइतबार अनिवार्य विज्ञान र वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत व्याकरण तथा अनुवाद विषयको परीक्षा सञ्चालन हुने भएको छ ।
त्यसैगरी, साउन २३ गते सोमबार अनिवार्य सामाजिक अध्ययन, साउन २४ गते मंगलबार अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा र वेद विद्याश्रमतर्फ अनिवार्य कर्मकाण्ड, अनिवार्य फलित ज्योतिष, संस्कृततर्फ अनिवार्य संस्कृत भाषा, साउन २५ बुधबार ऐच्छिक प्रथमपत्रका सबै विषय र साउन २६ गते बिहीबार ऐच्छिक द्वितीयपत्रका सबै विषयको परीक्षा सञ्चालन हुने भएको छ ।
परीक्षाको नतिजा जतिसक्दो छिटो सार्वजनिक गर्ने योजना रहेको परीक्षा नियन्त्रक रेग्मीले जानकारी दिए ।
