बकर इदको दिन त्रिविले परीक्षा राखेको विरोधमा मुस्लिम विद्यार्थीको प्रदर्शन

प्रकाशित समय 6:02:00 AM
विराटनगर, ९ भदौ । त्रिभुवन विश्वविद्यालयले बकर इदको दिन पनि परीक्षाको तोकेको भन्दै मोरङ मुस्लिम समाजले विरोध प्रदर्शन गरेको छ । त्रिभुवन विश्व विद्यालयले स्नातक तहको मानविकी, विज्ञान तथा व्यवस्थापनको पहिलो वर्षको परीक्षा यही भदौ १७ गते पनि राखेको छ ।
सोही दिन मुस्लिमहरुको पर्व बकर इद पर्छ । आफूहरुले नमाज पढ्ने समयमा परीक्षा राखेको भन्दै त्रिभुवन विश्वविद्यालयले सबै धर्मलाई समान ढंगले व्यवहार नगरेको मुस्लिम समाजका क्याम्पस तथा प्लस टु प्रमुख पप्पु अन्सारीले आरोप लगाए । ’देश गणतन्त्र र धर्म्निरपेक्ष भइसकेको अवस्थामा त्रिभुवन विश्वविद्यालयले गरेको व्यवहार विभेदपूर्ण छ,’ अन्सारीले भने, ‘मुस्लिमले नमाज पढ्ने धर्म कर्म गर्ने अनिवार्य दिनमै परीक्षा राखेर परीक्षा दिनबाट वञ्चित गराउन खोजेको छ ।’ परीक्षाको मिति सार्न माग गर्दै उनीहरूले विराटनगरको मुख्य बजारको मस्जिदअघि भेला भएका मुस्लिम विद्यार्थीले बकर इदमा परीक्षा किन?, गणतन्त्रको नयाँ संविधान मुस्लिम समुदाय बिना पहिचान बिना सम्मान, मुस्लिमहरुको अधिकार खोइ? यो कसको लागि गणतन्त्र र धर्मनिरपेक्षता? लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »