झाडापखालाबाट मृत्यु भएकी बालिकाको परिवारलाई सहयोग

प्रकाशित समय 7:41:00 PM
सन्तोष यादब
सिरहा, ७ भदौं । सिरहाको औरहीमा फैलिएको झाडापखालाबाट मृत्यु भएका पीडित परिवारलाई नेपालय कलेज काठमाडौंले १५ हजार रुपैयाँ सहयोग गरेको छ । चार दिन अगाडि औरही गाउँपालिका ५ का रामभरोज रजकका डेढ वर्षीया छोरी भारती साफीको
झाडापखालाबाट मृत्यु भएको थियो ।
मृतक परिवारलाई हालसम्म न सरकार, न कुनै संघसंस्थाले सहयोग गरेपछि उक्त कलेजले आर्थिक सहयोग गरेको हो । औरहीमा झाडापखाला फैलिएको र एक बालिकाको मृत्यु भएको समाचार आएपछि उक्त कलेजका विद्यार्थी र शिक्षकहरूले आर्थिक संकलन गरेका थिए । संकलित रकममध्ये एक हजारका दरले ६१ जना बाढीपीडितलाई एक हजारका दरले राहत दिएको नेपालय कलेजका प्राध्यापक सुन्दर थापाले जानकारी दिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »