सिरहाको औरहीमा एक युवकको हत्या

प्रकाशित समय 5:12:00 PM
सन्तोष यादब
सिरहा, २१ साउन । सिरहाको दक्षिणबर्ती औरही गाउँपालिका ३ खजनपुरस्थित धान खेतमा एक यूवकको हत्या गरी फालेको अवस्थामा शव फेला परेको छ ।
शनिबार विहान स्थानीय अन्दाजी २८ बर्षीय रामदेव यादबको शव धान खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक बि

रेन्द्र ठाकुरले जानकारी दिए । उनका अनुसार शव घोप्टो पारेको अवस्थामा छ । धान खेतमा शव रहेकोले शरिरमा हिलो लागेको छ, निलाडाम पनि देखिएको छैन् ।
घटना कसरी र कसले घटाएको विषयमा केहि खुल्न नसकेको र अनुसन्धान थालिसकेको प्रहरी निरीक्षक ठाकुरले बताए ।
केहिदिन यता सिरहामा हत्याका घटना बढेको छ । दुई महिनाभित्रै करिब दर्जन बढी महिला तथा पुरुषको हत्या भइसकेको प्रहरीको तथ्यांक छ । अधिकांश हत्याका घटनामा संलग्न अपराधी भने पक्राउ परेका छैन् । अपराध बढेपछि सिरहाका जनता दुःख व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »