भत्ता लिन वृद्धवृद्धालाई सास्ती

प्रकाशित समय 6:19:00 PM
राजविराज,  २५ साउन । सप्तरी सदरमुकाम राजविराज नगरपालिकामा सामाजिक सुरक्षा भत्ताबापतको रकम लिन वृद्धवृद्धालाई निक्कै सास्ती बेर्होनु परिरहेको छ । अत्यधिक गर्मीका बीच वृद्धवृद्धाहरु २ घण्टासम्म लाइनमा बसेर राजविराज नगरपालिका कार्यालयबाट पहिला भौचर लिनुपर्ने अनि फेरि घण्टौं लाइन लागेर बैंकबाट भत्ता बुझनुपर्ने अवस्था छ । बैंकले एक दिनमा ५० जनालाई मात्र भत्ता दिने गरेको नगरपालिकाले जनाएको छ । भत्ता बुझ्ने वृद्धवृद्धाहरु शारीरिक रुपमा अशक्त भएपनि भत्ता लिनका लागि एक दिन नगरपालिका कार्यालय र अर्को दिन बैंकसम्म पुग्नुपर्ने विवशता छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »